टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, बनेपामा तनाव



हाम्रो इकोनोमि

 

 

 अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते छन् ।

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो । घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले ठक्कर दिने टिपर जलाएका छन् । प्रदर्शन अहिले पनि जारी छ ।

प्रदर्शनकारीले टिपर जलाउन खोज्दा प्रहरीले अश्रु ग्याँस पनि प्रहार गरेको थियो । अहिले अरनिको राजमार्ग अवरुद्ध गरेर प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...