खुला वादविवाद प्रतियोगिता सम्पन्न



हाम्रो इकोनोमि

 

मध्यनेपाल नगरपालिका–१० नेटा, थान्सिङस्थित गणेश मालिका माध्यमिक विद्यालयमा अन्तर माध्यमिक विद्यालय स्तरीय चौंथो खुला वादविवाद प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ । कास्की, तनहुँ र लमजुङ जिल्लाका ३० जना विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा विद्याज्योति माध्यमिक विद्यालय, सुन्दरबजारका अनुपम गौली प्रथम हुन सफल भएका छन्। “कृत्रिम बुद्धिमत्ता (एआई): अवसर कि चुनौती?” विषयमा आयोजित प्रतियोगितामा गौलीले ५० हजार रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरे । यस्तै, अर्थली प्याराडाइज इङ्लिस माविकी सुष्मा उप्रेती द्वितीय भइ ३० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्न सफल भइन् ।

जन विकास मावि, बेसीशहरकी सजिना आचार्य तृतीय भइ २० हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गरिन् भने शान्ति मावि, कुञ्छाकी मन्दिरा गौली चतुर्थ स्थानमा रहँदै १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरिन्। प्रतियोगितामा पोखरा विश्वविद्यालयका उपप्राध्यापक सञ्जीव पौडेल, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल तथा पोखरा विश्वविद्यालयका पीएचडी स्कोलर सन्दिप अधिकारी निर्णायकका रूपमा रहेका थिए ।

मानबहादुर–मैताकुमारी स्मृति कोषको प्रायोजन तथा गणेश मालिका माध्यमिक विद्यालयको ४७औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा मानबहादुर–मैताकुमारीका छोराहरू सूर्यबहादुर गुरुङ र खेमबहादुर गुरुङ, छोरी मालादेवी गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र पाण्डे, मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डे, विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेत लगायतले विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको आयकर योगदान ३१ अर्ब ९३ करोड

     नबिल बैंकले स्थापना भएदेखि आर्थिक वर्ष २०८२/८३ सम्म सरकारलाई ३१ अर्ब...

आधिकारिक कांग्रेस हामी हौँ : विमलेन्द्र निधी

    नेपाली कांग्रेसका इतर पक्षका नेता विमलेन्द्र निधीले पार्टीको १५औँ महाधिवेशनको तयारी...

स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव

   निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको निर्वाचन आगामी मंसिरमा गर्ने...

तोलामा १२ हजार दुई सयले घट्यो सुनको भाउ

    स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला...