ग्यास अनावश्यक स्टक नगर्न निगमको अनुरोध



हाम्रो इकोनोमि

 

 

 नेपाल आयल निगमले खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको भन्दै अनावश्यक स्टक नगर्न उपभोक्तालाई अनुरोध गरेको छ । निगमले  पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको अभाव भएको भन्दै फैलिएको हल्लाको पछि नलाग्न अनुरोध गरेको छ ।

निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले नेपालमा प्रतिदिन ९० बुलेट ( १ लाख १४ हजार) सिलिण्डर एलपीजी ग्यास चाहिने बताए । जसमध्ये शनिवारदेखि मंगलबारसम्म ३६५ बुलेट ग्यास लोडिङ भएको बताए । मंगलबारमात्रै १ लाख ६३ हजार ३ सय सिलिण्डर ग्यास भारतबाट आयात भएको छ । यी मध्ये केही बुलेटहरु बाटामा रहेको र आजै नेपाल प्रवेश गर्ने उनको भनाइ छ ।

उनले सामाजिक सञ्जालमार्फत अनावश्यक रुपमा ग्यासको स्टक नगरिदिन उपभोक्ताहरुलाई अनुरोध समेत गरे । चुनाव अवधिमा पनि यही रुपमा निरन्तर रुपमा ग्यास आपूर्ति हुने भट्टले बताए । केही दिन यता ग्यासकाे अभाव भएकाे भन्दै उपभाेक्ताहरु लामाे लाइन लागेर  बस्न थालेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...