पत्रकार महासंघ काठमाडौँ शाखालाई साढे ३१ लाख घरभाडा बुझाउन ताकेता



हाम्रो इकोनोमि

 

 

समाज कल्याण परिषद्ले काठमाडौँको भृकुटीमण्डप क्षेत्रस्थित स्टल नं ७, मा रहेको नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखालाई सातदिनभित्र घरभाडा बुझाउन ताकेता गरेको छ ।

परिषद्ले महासंघले घरभाडामा लिएबापतको रकम लामो समयदेखि नबुझाएको बताउँदै पटकपटक पत्राचार र गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा सूचनासमेत प्रकाशित गर्दा पनि अटेर गरेको जनाएको छ । परिषदले महासंघले २०८२ पुस मसान्तसम्मको बक्यौता ३१ लाख ५१ हजार १ सय ४७ रुपैयाँ बुझाउन बाँकी रहेको सूचना सार्वजनिक गरेको छ ।

परिषदले अब पनि अटेर गरी बक्यौता रकम चुक्ता नगरे स्टलमा तालाबन्दी गरी प्रचलित कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...