पत्रकार महासंघ काठमाडौँ शाखालाई साढे ३१ लाख घरभाडा बुझाउन ताकेता



हाम्रो इकोनोमि

 

 

समाज कल्याण परिषद्ले काठमाडौँको भृकुटीमण्डप क्षेत्रस्थित स्टल नं ७, मा रहेको नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखालाई सातदिनभित्र घरभाडा बुझाउन ताकेता गरेको छ ।

परिषद्ले महासंघले घरभाडामा लिएबापतको रकम लामो समयदेखि नबुझाएको बताउँदै पटकपटक पत्राचार र गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा सूचनासमेत प्रकाशित गर्दा पनि अटेर गरेको जनाएको छ । परिषदले महासंघले २०८२ पुस मसान्तसम्मको बक्यौता ३१ लाख ५१ हजार १ सय ४७ रुपैयाँ बुझाउन बाँकी रहेको सूचना सार्वजनिक गरेको छ ।

परिषदले अब पनि अटेर गरी बक्यौता रकम चुक्ता नगरे स्टलमा तालाबन्दी गरी प्रचलित कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...