लुटपाट र हत्या अभियोगमा ५ जना पक्राउ



हाम्रो इकोनोमि

 

 

रत्ननगर नगरपालिका ४ की ६३ वर्षीय सुकमायादेवी तामाङको हत्या तथा लुटपाट अभियोगमा चितवन प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । पुस २५ गते राति लुटपाट तथा हत्या गरिएको अवस्थामा आफन्तले २६ गते बिहान भेटेका थिए । घरको माथिल्लो तलामा एक्लै सुतेकी सुकमायाको हातखुट्टा तथा मुखसमेत बाँधेर हत्या भएको थियो ।

उक्त घटनामा संलग्न आरोपमा जितपुर सिमरा उपमहानगरपालिका-२२ घर भइ चितवन रत्ननगर-१० मा बस्दै आएका विजय भन्ने शुक्रबहादुर भोलन, बारा जितपुर सिमरा उपमहानगरपालिका-२२ कै ललितपुर-१० बस्ने सूर्यमान वाईवा पक्राउ परेका छन् ।

त्यसैगरी धादिङको थाक्रे गाउँपालिका-५ का ३२ वर्षीय बुद्धिमान लामा, स्याङ्जा बिरुवा गाउँपालिका-८ घर भई रत्ननगर ४ सिनेमारोड बस्ने ३१ वर्षको मिलन भन्ने कौबहादुर गुरुङ र मकवानपुर थाहा नगरपालिका-१२ घर भई काठमाडौं थानकोट बस्ने ४७ वर्षीय हीराबहादुर स्याङ्तान छन् ।

 

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...