लुटपाट र हत्या अभियोगमा ५ जना पक्राउ



हाम्रो इकोनोमि

 

 

रत्ननगर नगरपालिका ४ की ६३ वर्षीय सुकमायादेवी तामाङको हत्या तथा लुटपाट अभियोगमा चितवन प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । पुस २५ गते राति लुटपाट तथा हत्या गरिएको अवस्थामा आफन्तले २६ गते बिहान भेटेका थिए । घरको माथिल्लो तलामा एक्लै सुतेकी सुकमायाको हातखुट्टा तथा मुखसमेत बाँधेर हत्या भएको थियो ।

उक्त घटनामा संलग्न आरोपमा जितपुर सिमरा उपमहानगरपालिका-२२ घर भइ चितवन रत्ननगर-१० मा बस्दै आएका विजय भन्ने शुक्रबहादुर भोलन, बारा जितपुर सिमरा उपमहानगरपालिका-२२ कै ललितपुर-१० बस्ने सूर्यमान वाईवा पक्राउ परेका छन् ।

त्यसैगरी धादिङको थाक्रे गाउँपालिका-५ का ३२ वर्षीय बुद्धिमान लामा, स्याङ्जा बिरुवा गाउँपालिका-८ घर भई रत्ननगर ४ सिनेमारोड बस्ने ३१ वर्षको मिलन भन्ने कौबहादुर गुरुङ र मकवानपुर थाहा नगरपालिका-१२ घर भई काठमाडौं थानकोट बस्ने ४७ वर्षीय हीराबहादुर स्याङ्तान छन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...