कुलमानका ३ जना केन्द्रीय सदस्यले पार्टी छाडे



हाम्रो इकोनोमि

 

 

 

कुलमान घिसिङले पार्टी गठन गरेपछि रास्वपासँग एकतापछि विभाजन हुँदा केही नेता रास्वपामै रहेर पहिलो धक्का पाएका थिए ।

कुलमान घिसिङ नेतृन्वको उज्यालो नेपाल पार्टी  (उनेपा) का ३ केन्द्रीय सदस्यले राजीनामा दिएका छन । राजीनामा दिनेमा समानुपातिक उम्मेदवारसमेत छन ।
उनीहरुले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन् । नेताहरु डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजमले राजीनामा गरेका हुन् ।

कुलमान घिसिंङले पार्टी गठन गर्नु अघि डकेन्द्रसिंह थेगिम प्रदेश नं १ पुनःनामकरण संयुक्त संघर्ष समितिको संयोजक थिए । गुरुङ र अमर इजम नागरिक उन्मुक्ति पार्टीमा थिए । यसअघि उनीहरु लामो समयदेखि अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान नामाकरण हुनु पर्ने भन्दै आन्दोलनको नेतृत्वमा थिए ।

उज्यालो नेपाल पार्टी भित्र आन्तरिक लोकतन्त्र अत्यान्त कमजोर, विचार, विधि, प्रक्रिया अस्पष्ट, पहिचानसम्बन्धी एजेन्डा लिखितरुपमा नभएको भन्दै पार्टी छाडेको उनीहरुले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी परित्यागपछि आफूहरु स्वतन्त्र रहेर संयुक्त पहिचानवादी मोर्चालाई सशक्त बनाउने उल्लेख छ । उज्यालो नेपाल पार्टीबाट डकेन्द्रसिंह थेगिमको नाम आदिबासी जनजाति क्लष्टरको तेस्रो नम्बरको समानुपातिक उमेदवारमा समावेश छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...