देउवा गुटका २१ नेतालाई गगनले दिएनन टिकट



हाम्रो इकोनोमि

 

 

विशेष महाधिवेशनअघि नेपाली कांग्रेसका सभापति रहेका  शेरबहादुर देउवा परिस्थितिको चेपुवामा परेका मुख्य पात्र हुन् । २०४८ सालयता पहिलो पटक संसदीय निर्वाचनले उनलाई ‘मिस’ गरिरहेको छ । ०४८ यताका सात निर्वाचनमध्ये ६ निर्वाचन डडेल्धुराबाट उठेर जिते । यसपालि त्यहाँ उनकै समूहका नेता नैनसिंह महर उम्मेदवार छन् । विशेष महाधिवेशनबाट ‘विद्रोह’ को प्रभावस्वरुप निर्वाचन प्रतिस्पर्धाका खेलाडी मध्ये नेपाली कांग्रेसका प्रमुख नेतालाई यस पटकको निर्वाचनले मिस गर्दैछ ।

मुख्यतः पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, शशांक कोइराला, रमेश लेखक, बालकृष्ण खाण, प्रकाशमान सिंह, डा. आरजु देउवा राणा, हृदयराम थानी, धनराज गुरुङ, चित्रलेखा यादव, भिष्मराज आङदेम्बे, उमाकान्त चौधरी, बद्री पाण्डे, डा.नारायण खड्का, जीवन परियार, उमेश श्रेष्ठ, दिलेन्द्र बडु, जीवनबहादुर शाही, सीता गुरुङदेखि रामहरि खतिवडासम्मका कांग्रेसका चर्चित चुनावी अनुहार यसपालि ‘मिस’ भएका हुन् । यीमध्ये थानीले सुर्खेत, डा.खड्काले उदयपुर र बद्री पाण्डेले बाजुराबाट उम्मेदवार नबन्ने इच्छा निर्वाचनपूर्व नै राखेका थिए ।

देउवापक्षीय कार्यवाहक सभापति खड्काले गगनको नेतृत्वलाई ‘अवैधानिक’ भन्दै त्यस्तो नेतृत्वबाट पाइने चुनावको टिकट अस्वीकार गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...