देउवा गुटका २१ नेतालाई गगनले दिएनन टिकट



हाम्रो इकोनोमि

 

 

विशेष महाधिवेशनअघि नेपाली कांग्रेसका सभापति रहेका  शेरबहादुर देउवा परिस्थितिको चेपुवामा परेका मुख्य पात्र हुन् । २०४८ सालयता पहिलो पटक संसदीय निर्वाचनले उनलाई ‘मिस’ गरिरहेको छ । ०४८ यताका सात निर्वाचनमध्ये ६ निर्वाचन डडेल्धुराबाट उठेर जिते । यसपालि त्यहाँ उनकै समूहका नेता नैनसिंह महर उम्मेदवार छन् । विशेष महाधिवेशनबाट ‘विद्रोह’ को प्रभावस्वरुप निर्वाचन प्रतिस्पर्धाका खेलाडी मध्ये नेपाली कांग्रेसका प्रमुख नेतालाई यस पटकको निर्वाचनले मिस गर्दैछ ।

मुख्यतः पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, शशांक कोइराला, रमेश लेखक, बालकृष्ण खाण, प्रकाशमान सिंह, डा. आरजु देउवा राणा, हृदयराम थानी, धनराज गुरुङ, चित्रलेखा यादव, भिष्मराज आङदेम्बे, उमाकान्त चौधरी, बद्री पाण्डे, डा.नारायण खड्का, जीवन परियार, उमेश श्रेष्ठ, दिलेन्द्र बडु, जीवनबहादुर शाही, सीता गुरुङदेखि रामहरि खतिवडासम्मका कांग्रेसका चर्चित चुनावी अनुहार यसपालि ‘मिस’ भएका हुन् । यीमध्ये थानीले सुर्खेत, डा.खड्काले उदयपुर र बद्री पाण्डेले बाजुराबाट उम्मेदवार नबन्ने इच्छा निर्वाचनपूर्व नै राखेका थिए ।

देउवापक्षीय कार्यवाहक सभापति खड्काले गगनको नेतृत्वलाई ‘अवैधानिक’ भन्दै त्यस्तो नेतृत्वबाट पाइने चुनावको टिकट अस्वीकार गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...