बालेन साहले मेयरबाट दिए राजीनामा



हाम्रो इकोनोमि

 

 

मेयर बालेन साहले काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका छन् ।  उपमेयर सुनिता डंगोललाई सम्बोधन गर्दै उनले केही बेरअघि राजीनामा दिएका हुन् । स्वतन्त्र उठेर मेयर जितेका बालेनले रास्वपामार्फत् औपचारिकरूपमा राजनीतिक दलमा भित्रिएर संसदीय चुनाव लड्ने तयारीसहित राजीनामा दिएका हुन् ।

उनी रास्वपाको वरिष्ठ नेता भइसकेका छन् । झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्ने उनको तयारी छ । उनले आफूले स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् ।

यस पदमा रहँदा काठमाडौं महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु । अबको दिनम महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईं तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु । धन्यवाद !  बालेनले राजीनामा पत्रमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...