देउवा नेतृत्वको कार्यसमिति भङ्ग‍, निर्वाचनमा जाने तयारी



हाम्रो इकोनोमि

 

 

 

नेपाली कांग्रेसले विशेष महाधिवेशनको बन्दसत्रमा पेस भएको ‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ पारित भएको छ । जारी बन्दसत्र हलले पारित गरेको हो । कार्यविधि पारित भएसँगै नयाँ नेतृत्व चयन गर्ने बाटो खुलेको छ । कार्यविधिमा सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद सकिएकाले भङ्‍ग गर्ने र १५ औँ महाधिवेशन नभएसम्मका लागि नयाँ नेतृत्व चयन गर्ने उल्लेख छ ।

कार्यविधिमा भनिएको छ, नेपाली कांग्रेसको चौधौं महाधिवेशन २०७८ (मंसिर २४ देखि २८) बाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमितिको विघटन गर्ने र नेपाली कांग्रेसको १५ औ महाधिवेशन सम्पन्न नहुँदा सम्मका लागि नँया केन्द्रिय कार्यसमितिको निर्वाचन गर्ने ।

नेपाली कांग्रेसको चौधौं महाधिवेशन पश्चात नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम विभिन्न मितिमा गठित केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति समेतको विघटन गर्ने पनि उल्लेख छ ।

विशेष केन्द्रीय महाधिवेशनवाट केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न विधानको धारा ३५ बमोजिम एक (१) जना संयोजक सहित पाँच (५) सदस्यीय निर्वाचन समिति गठन, विशेष केन्द्रीय महाधिवेशनले गरेको निर्णय प्रमाणित गर्नका लागि संयोजक सहित ५ सदस्यीय निर्णय प्रमाणीकरण समिति गठन गर्ने उल्लेख छ ।

केन्द्रीय कार्य समिति र केन्द्रीय कार्य सम्पदान समितिले गरेका निर्णयहरुको पुनरावलोकन, सुधार र आवश्यक देखिएमा उक्त समितिका निर्णयहरु निष्क्रिय तथा खारेजी, पुस २७ र २८ गते बोलाइएको विशेष केन्द्रीय महाधिवेशन वैधानिक रहेको भनी अनुमोदन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...