पूर्णबहादुरको पत्रकार सम्मेलन स्थगित



हाम्रो इकोनोमि

 

 

 नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेका छन् ।

कांग्रेस नेता–कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभक्त भएर विवाद उत्कर्षमा पुगेका बेला कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन आयोजना गर्न खोजेका थिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले मिडियामा दिएका थिए । तर मुख्य सचिव पौडेलले नै अर्को सूचना पठाएर सो पत्रकार सम्मेलन स्थगित गरिएको जनाएका छन् ।

इतर समूहका नेता डा. शेखर कोइरालाको उपस्थितिमा पत्रकार सम्मेलन हुने प्रचार गरिएको थियो । तर अहिले किन एक्कासी पत्रकार सम्मेलन स्थगित गरियो भन्ने खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...