विशेष महाधिवेशनको तयारी तिब्र, पार्टी फुटने संकेत



हाम्रो इकोनोमि

 

 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा काठमाडौँको भृकुटीमण्डपमा पुस २७ र २८ गते विशेष महाधिवेशन तयारी हुँदै छ ।  गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले आह्वान गरेको विशेष महाधिवेशन तयारी तिब्र पारिएको छ ।

शुक्रबार बिहानै ५ बजेदेखि कार्यकर्ता चारतारे झन्डाले भृकुटीमण्डप र आसपास क्षेत्र सिंगारिरहेका छन् । महामन्त्रीद्वयको नेतृत्वमा आह्वान भएको विशेष महाधिवेशन पुस २७ र २८ मा गर्ने तयारी छ । विशेष महाधिवेशनको विषयले केन्द्रका मात्रै होइन प्रदेशदेखि जिल्लासम्मका नेताहरू विभाजित हुँदै गइरहेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा पनि अहिले विशेष महाधिवेशनको पक्ष र विपक्षमा नेताहरू खुल्न थालेका छन् । यहाँका ९ जिल्ला मध्ये ६ जिल्ला सभापति ‘विधान विपरीत’ भन्दै प्रस्टरूपले विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् ।

यसअघि नै प्रदेश सभापति वीरबहादुर बलायरले पनि अन्य प्रदेश सभापतिसँग साझा विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको आवश्यकता र औचित्य अहिले नरहेको बताइसकेका छन् ।

अहिले बझाङ जिल्ला सभापति खडकबहादुर बोहरा, डोटी सभापति नरेन्द्र बहादुर सिंह, डडेलधुरा सभापति भीम साउँद, अछाम सभापति पुष्पबहादुर शाह, कञ्चनपुर सभापति पदम बोगटी र कैलाली सभापति नारायणदत्त भट्ट संस्थापन पक्षमा उभिएका छन् । उनीहरूले संयुक्त विज्ञप्ति निकालेर संस्थापन पक्षको धारणा सार्वजनिक गरेका हुन् ।

विशेष अधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केबल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको भन्दै उनीहरूले अहिले हुन लागेको विशेष महाधिवेशनलाई विधान विपरीत भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...