युवा र जिल्ला सभापति भेला गर्दै संस्थापन पक्ष



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरलाई काउन्टर दिन छुट्टै भेला गर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवासमा बसेको संस्थापन पक्षको बैठकले २७ मा युवा र २८ मा जिल्ला सभापति भेला गर्ने निर्णय गरेको एक नेताले बताए ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका छन् । दुवै पक्षले आआफ्नो तयारी अघि बढाएपछि पार्टी विभाजनतर्फ अघि बढेको छ ।

संस्थापन पक्ष सहमतिमा नआए पनि आफूहरू विधान अनुसार अघि बढेको भन्दै नेतृत्व चयन गरेरै अघि बढ्ने विशेष महाधिवेशन पक्षधरको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...