लुम्बिनीबाट कांग्रेस-एमाले उमेदवारको मनोनयन दर्ता



हाम्रो इकोनोमि

 

 

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस-एमाले गठबन्धनका ३ जनाले उमेदवारी दर्ता गराएका छन् । तालमेलअनुसार एमालेकी रामकुमारी झाँक्री, नेपाली कांग्रेसका वासुदेव जंगली र चन्द्र केसीले मनोनयन दर्ता गरेका हुन् । झाँक्री महिला क्लस्टरबाट, जंगली अपाङ्‍गता क्लस्टरबाट र केसीले अन्य क्लस्टरबाट मनोनयन दर्ता गराएका छन् ।

झाँक्रीको प्रस्तावकमा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी र समर्थकमा उपप्रमुख हुमाकुमारी डिसी रहेका छन् । जंगलीको प्रस्तावकमा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री र समर्थकमा बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी छन् ।

केसीको प्रस्तावकमा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी र समर्थकमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत छन् ।

प्रदेशमा कुल मतभार ८,७५३ रहेको छ । जसमा कांग्रेसको ३,१७९, एमालेको २,८१० र माओवादी–एकीकृत समाजवादी गठबन्धनको २,६८६ मतभार छ । केन्द्रमा सहमति नभएपछि लुम्बिनी प्रदेशमा समेत नेपाली कम्युनिष्ट पार्टीले अलग्यै उम्मेदारी दर्ता गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...