लुम्बिनीबाट कांग्रेस-एमाले उमेदवारको मनोनयन दर्ता



हाम्रो इकोनोमि

 

 

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस-एमाले गठबन्धनका ३ जनाले उमेदवारी दर्ता गराएका छन् । तालमेलअनुसार एमालेकी रामकुमारी झाँक्री, नेपाली कांग्रेसका वासुदेव जंगली र चन्द्र केसीले मनोनयन दर्ता गरेका हुन् । झाँक्री महिला क्लस्टरबाट, जंगली अपाङ्‍गता क्लस्टरबाट र केसीले अन्य क्लस्टरबाट मनोनयन दर्ता गराएका छन् ।

झाँक्रीको प्रस्तावकमा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी र समर्थकमा उपप्रमुख हुमाकुमारी डिसी रहेका छन् । जंगलीको प्रस्तावकमा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री र समर्थकमा बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी छन् ।

केसीको प्रस्तावकमा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी र समर्थकमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत छन् ।

प्रदेशमा कुल मतभार ८,७५३ रहेको छ । जसमा कांग्रेसको ३,१७९, एमालेको २,८१० र माओवादी–एकीकृत समाजवादी गठबन्धनको २,६८६ मतभार छ । केन्द्रमा सहमति नभएपछि लुम्बिनी प्रदेशमा समेत नेपाली कम्युनिष्ट पार्टीले अलग्यै उम्मेदारी दर्ता गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...