महामन्त्रीहरुलाई हेपियो : गगन थापा



हाम्रो इकोनोमि

 

 

 नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभामा एमालेसँग भएको तालमेलको स्वामित्व आफूहरूले नलिने बताएका छन् । कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी बैठकमा छलफल नै नगरी तालमेलको निर्णय गराइएको भन्दै आपत्ति जनाए ।

उम्मेदवारी छनोटको विषयमा पनि उनले विमति जनाए । उनले उम्मेदवारी छनोट गर्न बैठक बस्नुभन्दा अघि नै उम्मेदवारहरू मनोनयन पत्र बोकेर दर्ता गर्न गइसकेको बताए ।

उनले भने, ‘महामन्त्रीहरूलाई हेप्ने, पेल्ने त चलिरहेको छ । यसबारे हाम्रो प्रतिक्रिया होला । संसदीय बोर्ड, केन्द्रीय समितिलाई समेत हेपियो, यो भन्दा अगाडि यस्तो हुँदैनथ्यो । योजस्तो मानमर्दन यसअघि हुँदैनथ्यो । उनले उम्मेदवार छनोट प्रक्रियामा आफूले फरक मत राखेको बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...