बासुदेव दाहाल– अब्बल शैक्षिक परामर्शकर्मी, इक्यान उपाध्यक्षका उम्मेदवार



हाम्रो इकोनोमि

 

 

शैक्षिक परामर्श संघ (इक्यान) को आगामी नेतृत्वमा उपाध्यक्ष पदका प्रत्यासी बासुदेव दाहाल मतदाताबीच लोकप्रिय देखिएका छन् । संघको २० औँ साधारणसभा पुस २८ गते आयोजना हुँदैछ । उक्त साधारणसभाले नयाँ कार्यसमिति चयन गर्न लागेको हो । (लक्ष्मण) एन्ड्रयु पौडेल नेतृत्वको प्यानलबाट दाहाल उपाध्यक्षका उम्मेदवार हुन् ।

विगतमा इक्यानको सचिवको जिम्मेवारी सम्हालिसकेका र अघिल्लो साधारणसभामा महासचिवका उम्मेदवार रहेका उनी शैक्षिक परामर्श व्यवसायीका बीच लोकप्रिय मानिन्छन् । अब्बल शैक्षिक परामर्श, व्यवहारिक कार्यशैली र संस्थाका सदस्यहरुको हितका निम्ति सधैँ समर्पित रहँदै आएका दाहाल सोही गुणका कारण यसपटकको निर्वाचनका अन्य उम्मेदवारमध्ये लोकप्रिय देखिएका हुन् ।

उनी बागबजारस्थित प्राञ्जल एजुकेशन कन्सल्टेन्सीका सञ्चालक हुन् । शैक्षिक परामर्श व्यवसायलाई राज्यले हेर्ने दृष्टिकोण, वैदेशिक अध्ययनका लागि विभिन्न मुलुक जाने विद्यार्थीको सहजता तथा उक्त व्यवसायमा आवद्ध व्यवसायीका व्यावसायिक हितका मुद्दालाई दाहालले आगाडि सारेका छन् ।

आफू शैक्षिक परामर्शकर्मी मात्र हुँ भन्दै दाहाल भन्छन्, ‘शैक्षिक परामर्श नै मेरो एकमात्र विगत, वर्तमान र भविष्य हो, इक्यानको गरिमा, सशक्तीकरण र दायित्व वहन गर्नु मेरो कर्तव्य र प्रतिवद्धता हो । उनले महत्वपूर्ण यात्रामा सबैबाट प्राप्त हुने अमूल्य मत, सुझाव तथा मार्गदर्शनको अपेक्षासहित विनम्र अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...