कांग्रेस ९ र एमाले ८ सीट, जसपाबाट महन्थ ठाकुर उम्मेदवार बन्ने सहमति



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय सभाको निर्वाचनमा तीन दलबीच चुनावी तालमेल भएको छ । सीट संख्यामा असहमति जनाउँदै नेपाली कम्युनिस्ट पार्टी बाहिरिएपछि कांग्रेस, एमाले र जसपाबीच तालमेल भएको हो ।  कांग्रेसले ९ र एमालेले ८ सीट र जसपा नेपालबाट महन्थ ठाकुर उम्मेदवार बन्ने भएका छन् ।

कांग्रेसले ९ सीटमा कोशीबाट सुनिल थापा, मधेसबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ ।

यस्तै, एमालेले पाएको ८ सीटका लागि कोशी प्रदेशमा रोशनी मेचे, बागमतीमा डा. प्रेमकुमार दङ्गाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...