नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखमा विष्णु रिमाल



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेले ईश्वर पोखरेलको जिम्मेवारी खोसेको छ । च्यासलमा बसेको सचिवालय बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट पोखरेललाई हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी रिमाललाई दिने प्रस्ताव गरेका थिए । विष्णु रिमाल धेरै राम्रो मान्छे हो, तर चुनाव हार्नुभयो, ओलीको प्रस्ताव थियो, उहाँलाई जिम्मेवारी दिनुपर्छ, त्यसै राख्न मिल्दैन ।

एघारौं महाधिवेशनमा रिमाल उपमहासचिव पदका उम्मेदवार थिए । तर केन्द्रीय सदस्यमा समेत पराजित भए । केन्द्रीय सदस्यमै पराजित भएपछि रिमाललाई ईश्वर पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।

ईश्वर पोखरेललाई जिम्मेवारीबाट हटाउने प्रस्तावमा केही पदाधिकारीले असहमति जनाएका थिए । भर्खरै महाधिवेशन सकिएको छ । चुनाव नजिकै आइरहेको छ ।

यस्तो बेला पार्टीलाई एकताबद्ध बनाउन पनि ईश्वर पोखरेललाई जिम्मेवारीबाट हटाउनु हुन्न, ओलीको प्रस्तावमा असहमति जनाउनेहरुले भनेका थिए । तर आफूसँग अध्यक्ष भिडेका ईश्वर पोखरेललाई जिम्मेवारीबाट हटाउने प्रस्तावमा ओली अडिग रहे ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...