एनजीओको एजेन्डा बोक्नेहरु एक भएका छन् : ओली



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय एक भइरहेका दलहरूप्रति टिप्पणी गरेका छन् । मंगलबार पार्टी सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले विकासको नाममा एनजीओ-डोनरको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई बदनाम गर्ने गरी विभिन्न दाग लागेकाहरू एक ठाउँमा जम्मा भइरहेको बताएका हुन् ।

कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उत्रिएका छन् भने कतिपय स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएका छन्।

विकासको नाममा एनजीओ/डोनरको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध रूपमा बदनाम गर्ने षड्यन्त्रका साथ विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गरिएको देखिन्छ । उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा लाग्नेहरूले देशलाई पुगेको क्षतिको जिम्मा लिन नसकेको टिप्पणी पनि गरे ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...