एमाले सचिवालय बैठकमा ८ एजेण्डा पेश



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी कार्यालय च्यासलमा बसिरहेको बैठक ८ एजेण्डामा केन्द्रित रहेको सचिव महेश बस्नेतले बताए ।

उनका अनुसार बैठकमा राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार चयन, घोषणा-पत्र तयारी समिति गठन, निर्वाचन परिचालन समिति गठन, निर्वाचन केन्द्रित भूगोलको कार्यविभाजन, युवा केन्द्रित निर्वाचन परिचालन रणनीति रहेका छन् ।

यो बैठकपछि एमाले प्रतिनिधिसभाको निर्वाचनमा होमिने देखिएको छ । यस्तै, संशोधित विधानअनुसार बागमती प्रदेश कमिटी, राजधानी प्रदेश कमिटी, सम्पर्क विशेष संगठन कमिटी गठन गर्ने कार्यसूची पनि छ ।

पार्टी नियमावलीमा संशोधन र नीति अनुसन्धान प्रतिष्ठानको निर्देशिका संशोधन गर्नेबारे पनि छलफल भइरहेको उनले बताए । राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र नेकपासँग चुनावी तालमेल गर्नेबारे एमाले छलफलमा छ । त्यसबारे आजको बैठकले निर्णय लिनसक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...