गुल्मी २ मा एमाले उपाध्यक्ष गोकर्ण विष्ट एकल सिफारिस



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले गुल्मी क्षेत्र नं २ बाट उपाध्यक्ष गोकर्ण विष्टको एकल नाम सिफारिस गरेको छ । दुईवटा निर्वाचन क्षेत्रमध्ये १ नम्बर क्षेत्रमा प्रदीप ज्ञवालीको एकल नाम सिफारिस भइसकेको छ । २ नम्बर क्षेत्रमा उपाध्यक्ष विष्टसहित रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाको नाममा छलफल भने भएको थियो । क्षेत्रीय संयोजक रितबहादुर थापाले विष्टको नाम एकल सिफारिस गरिएको बताए ।

लामो समयदेखि यो क्षेत्रमा लड्दै आएका विष्टलाई मनाएर रामकुमारी झाँक्री अघि सार्ने चर्चा थियो । कांग्रेस, एस, माओवादीसहितको गठबन्धन हुँदा २०७९ मा झाँक्री यसअघि विष्टसँग पराजित भएकी थिइन् । एमालेको हालैको महाधिवेशनमा विष्ट ईश्वर पोखरेल प्यानलबाट केन्द्रीय उपाध्यक्षमा विजयी भएका हुन् ।

०५६ सालमा जितेसँगै विष्टको संसदीय यात्रा सुरू भएको हो । ०६४ सालको पहिलो संविधानसभा चुनावमा उनी माओवादीसँग पराजित भएका थिए । ०७० सालको दोस्रो संविधानसभा, २०७४ र २०७९ मा लगातार विजयी भएका विष्ट ऊर्जामन्त्री समेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...