दैलेख–२ मा उम्मेदवार छनोट, विष्णु रिजाललाई सर्वाधिक मत



हाम्रो इकोनोमि

 

 

दैलेख निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेबाट युवा नेता विष्णु रिजाल प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस हुनु भएको छ । शनिबार दैलेखको जम्बुकाँधमा सम्पन्न उम्मेदवार छनोटसम्बन्धी आन्तरिक चुनावी प्रतिस्पर्धामा सर्वाधिक मत प्राप्त गर्दै उहाँ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस हुनु भएको हो ।

उम्मेदवार छनोटका लागि भएको प्रतिस्पर्धामा विष्णु रिजालसहित पूर्वसांसद लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा र राजबहादुर शाही आकाङ्क्षी रहनु भएको थियो । निर्वाचन प्रक्रियाबाट गरिएको मतदानमा रिजालले ६७ मत प्राप्त गर्नु भयो । उहाँ नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।

चुनावी प्रतिस्पर्धामा पूर्वसांसद लक्ष्मीप्रसाद पोखरेलले ६६ मत, राजबहादुर शाहीले ६१ मत र राजबहादुर बुढाले ५० मत प्राप्त गर्नु भएको छ ।

आकाङ्क्षीहरूबीच प्रतिस्पर्धा भए पनि प्रक्रिया शान्तिपूर्ण र लोकतान्त्रिक ढंगले सम्पन्न भएको थियो । सर्वाधिक मतसहित विष्णु रिजाल सिफारिस हुनु पार्टीभित्र उहाँप्रतिको भरोसा र संगठनात्मक स्वीकार्यताको संकेतका रूपमा हेरिएको छ । अब क्षेत्रीय तहको सिफारिस पार्टीको केन्द्रीय समितिमा पठाइने र अन्तिम निर्णय केन्द्रबाट हुने छ  ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...