दैलेख–२ मा उम्मेदवार छनोट, विष्णु रिजाललाई सर्वाधिक मत



हाम्रो इकोनोमि

 

 

दैलेख निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेबाट युवा नेता विष्णु रिजाल प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस हुनु भएको छ । शनिबार दैलेखको जम्बुकाँधमा सम्पन्न उम्मेदवार छनोटसम्बन्धी आन्तरिक चुनावी प्रतिस्पर्धामा सर्वाधिक मत प्राप्त गर्दै उहाँ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस हुनु भएको हो ।

उम्मेदवार छनोटका लागि भएको प्रतिस्पर्धामा विष्णु रिजालसहित पूर्वसांसद लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा र राजबहादुर शाही आकाङ्क्षी रहनु भएको थियो । निर्वाचन प्रक्रियाबाट गरिएको मतदानमा रिजालले ६७ मत प्राप्त गर्नु भयो । उहाँ नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।

चुनावी प्रतिस्पर्धामा पूर्वसांसद लक्ष्मीप्रसाद पोखरेलले ६६ मत, राजबहादुर शाहीले ६१ मत र राजबहादुर बुढाले ५० मत प्राप्त गर्नु भएको छ ।

आकाङ्क्षीहरूबीच प्रतिस्पर्धा भए पनि प्रक्रिया शान्तिपूर्ण र लोकतान्त्रिक ढंगले सम्पन्न भएको थियो । सर्वाधिक मतसहित विष्णु रिजाल सिफारिस हुनु पार्टीभित्र उहाँप्रतिको भरोसा र संगठनात्मक स्वीकार्यताको संकेतका रूपमा हेरिएको छ । अब क्षेत्रीय तहको सिफारिस पार्टीको केन्द्रीय समितिमा पठाइने र अन्तिम निर्णय केन्द्रबाट हुने छ  ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...