एमाले बझाङबाट ऎन महरसहित तीन जना सिफारिस



हाम्रो इकोनोमि

 

 

 फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेकपा एमाले बझाङले केन्द्रीय सदस्य ऎन महरसहित तीन जनाको नाम सिफारिस गरेको छ । पार्टीको छैटौँ पूर्ण बैठकले महरसहित मोहनराज जोशी र धनलक्ष्मी खत्रीको नाम सिफारिस गरेको हो ।

सिफारिस सूचीअनुसार केन्द्रीय सदस्य महर पहिलो नम्बरमा छन् । यस्तै, जिल्ला कमिटीका पूर्वउपाध्यक्ष तथा अहिलेका सदस्य जोशी र प्रदेश कमिटी सदस्य धनलक्ष्मी खत्री दोस्रो र तेस्रो नम्बरमा छन्

। सिफारिसमा परेका महर २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग झिनो मतले पराजित भएका थिए । अखिलका पूर्वअध्यक्ष महर बझाङका लोकप्रिय नेता हुन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...