प्रचण्ड र देउवालाई पनि जाँचबुझ आयोगको पत्र



हाम्रो इकोनोमि

 

 

जाँचबुझ आयोगको म्याद बुझ्न अस्वीकार गरेका प्रमुख दलका दुई शिर्ष नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक सूचना प्रकाशित हुने चेतावनीपछि म्याद बुझेको खुलेको छ ।

जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंसबारे जाँचबुझ गर्न गठन भएको आयोगले दुवै जनालाई आफ्नो धारणा राखिदिन आग्रह सहित पत्र पठाएको थियो । व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) सँगको समन्वयबाट पत्र र म्याद बुझाउने प्रयास भएकोमा दुवै नेताहरूले पत्र बुझ्न अस्वीकार गरेका थिए ।

कांग्रेस सभापति देउवाले आफू नै २४ भदौको आगजनीबाट पीडित भएको, घर जलेर नष्ट भएका कारणले अन्यत्र बस्नु परेको, अनि जेनजी आन्दोलनका बेला आफू राज्यको कुनै भूमिकामा पनि नरहेको भन्दै त्यस्तो अवस्थामा किन बयान दिने  ? भनी प्रश्न गरेका थिए ।

त्यसैगरी प्रचण्डले पनि जेनजी आन्दोलनका बेला आफू प्रमुख विपक्षी दलको नेताको भूमिकामा रहेको, त्यतिबेला सत्तामा रहेकाहरुमाथि खबरदारी गरिरहेको तर उल्टै आफ्नो घरमा आगजनी भएको अवस्थामा के आधारमा बयान दिने भनी प्रश्न गरेर पत्र बुझेका थिएनन् । तर आयोगको समन्वयमा खटिएका कर्मचारी र सुरक्षा अधिकारीहरूले बयान नभई सोधपुछ र धारणाका लागि पत्र पठाइएको स्पष्ट पारेका थिए ।

आयोगलाई सहयोग गर्न आग्रह गर्दै उनीहरूले पठाएको पत्र बुझ्न अस्विकार गरेमा सार्वजनिक सञ्चारमाध्यमहरूबाट सार्वजनिक सूचना निकालिने र त्यसपछि सहयोग नगरेमा त्यही व्यहोरा प्रतिवेदनमा समावेश हुने चेतावनी दिएका थिए ।

‘त्यसपछि दुवैजनाले केही घण्टाको फरकमा पत्र बुझ्नुभएको छ’ म्याद तामेलमा सहयोग गरिरहेको प्रहरीसम्बद्ध स्रोतले भन्यो, तर आयोगमा जाने वा लिखित जवाफ पठाउने भन्नेवारे केही तय भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...