बसको ठक्करबाट गुल्मीमा २ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

गुल्मीको मालिका गाउँपालिका–६ राम्चेमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मालिका ६ का ३६ वर्षीय बसन्त अर्याल र उनकी भाउजू करिब ५५/५६ वर्षीया मनकला अर्याल रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

लु ९ प ८१५० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई विपरीत दिशामा रहेको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले ठक्कर दिएको थियो । सो बसमा सिद्ध इङ्लिस बोर्डिङ स्कूलका विद्यार्थी सवार थिए । विद्यार्थीहरु पिकनिक जाँदै थिए । बसले ठक्करबाट गम्भीर घाइते भएकाहरुलाई उद्धार गरी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार मनकला अर्यालका नाति करिब ५/६ वर्षीय अनुभव गिरी सामान्य घाइते भएका छन् । यस्तै, बसमा सवार मालिका–६ राम्चे निवासी ४१ वर्षीया शिक्षिका लिलावती अर्याल पनि सामान्य घाइते भएकी छन् । दुवै घाइतेको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि बस चालक धुर्कोट गाउँपालिका–४ जैसिथोक निवासी ४१ वर्षीय चुरा बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...