२०२५ नेपाल र नेपालीका लागि दु:खद् वर्ष : ओली



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५ नेपाल र नेपालीका लागि दुःखद बर्ष भएको भन्दै २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नुपर्ने बताएका छन् ।

बिहीबार साँझ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल सम्बोधनको क्रममा नेपालमा लोकतन्त्र विस्थापनको ठूलो सिलसिला गम्भीर ढङ्गले शुरू गरिएको भएपनि जनताको सचेतनताले प्रतिगमनकारीले त्यो प्रयासलाई चाहेको ठाउँमा पुर्‍याउन नसकेको दाबी गरे । जननिर्वाचित सरकार ढल्नु भनेको देशमा लोकतन्त्र र संविधान ढल्नु हो, जनताको सार्वभौमसत्ता थिचिनु, मिचिनु र ढालिनु हो ओलीको भनाइ छ ।

अहिले पनि असंवैधानिक काम भइरहेको भन्दै ओलीले भने, विभिन्न प्रकारका तत्व जम्मा गरेर शक्ति निर्माण गर्न खोजिँदैछ । सर्वोच्चले थुनामा राखेर कारबाही गर्नु भनेका मान्छे जिल्ला र उच्च अदालतबाट छोड्ने काम भएको छ, छोड्नेबित्तिकै तमासा देखिँदै छ । अहिलेसम्म निर्वाचनको वातावरण नबनेको र सरकारले वातावरण बनाउने दिशामा काम नगरेको दोहोर्‍याउँदै ओलीले निर्वाचनका नाममा लोकतान्त्रिक प्रक्रिया दुरूपयोग गरेर लोकतन्त्र मास्ने प्रयास हुनसक्ने खतरा औँल्याए ।

उनले भने नेताहरूविरूद्ध झूठा मुद्दा लगाउने, अशान्त वातावरण सिर्जना गर्ने, लुटिएका हतियार फिर्ता नहुने, जेलब्रेक गर्नेहरूलाई अगुवा बनाएर अगाडि बढ्न खोजियो, निर्वाचनमा बुथ कब्जा गर्न खोजियो र निर्भयपूर्वक मतदान भएन भने निर्वाचन लोकतन्त्र कमजोर बनाउने ‘ड्रामा’ मात्र हुने छ ।

शान्तिपूर्ण वातावरणमा स्वच्छ निर्वाचन जहिले हुन्छ, एमाले सहभागी हुने र विजय हासिल गर्ने उनको भनाइ छ । देशलाई निकास दिने सबभन्दा सही बाटो ‘विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना’ भन्दै उनले विगतमा संसद विघटनका मुद्दामा सर्वोच्चले दुई महिनामा फैसला दिने गरेको सम्झिए ।
११औँ महाधिवेशन असाधारण जनपरिचालनका साथ सकिएको भन्दै उनले पार्टी कतै गुटगत भावना होइन, पार्टी भावना, एकताको भावना, राष्ट्रका लागि समर्पित भावनाका साथ पार्टी एकताबद्ध भएर अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...