सशस्त्र प्रहरीको गोलीबाट सफारी चालकको मृत्यु, लौकही बजार तनावग्रस्त



हाम्रो इकोनोमि

 

 

सुनसरीको कोशी गाँउपालिकमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर सफारी चालक विजय साहको मृत्यु भएपछि स्थानीयले पूर्व पश्चिम सडक बन्द गराएका छन् । मृतक साहको शव सडकमा राखेर स्थानीयले प्रदर्शन गर्दा पूर्व पश्चिम सडक खण्ड हुँदै चल्ने सवारीका साधन चल्न सकेका छैनन् । सुनसरीको लौकही खण्डमा सयौ सवारीका साधन बाटैमा अलपत्र परेका छन् । स्थानीयले घटनाको उच्च स्तरीय छानबिन हुनु पर्ने माग राखेका छन् ।

आक्रोशित स्थानीयले सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा गरिरहेका छन् । यस्तै उनीहरुले प्रहरीको विटमा समेत आगजनी गरेका छन् । लौकही बजार अहिले तनावग्रस्त भएको छ । स्थितिलाई नियन्त्रण लिन प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले सशस्त्र प्रहरीका हवल्दारलाई नियन्त्रणमा लिएका जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वार्ताको प्रयास समेत भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...