जेनजीका नाममा देशलाई ध्वस्त पार्न खोजियो



हाम्रो इकोनोमि

 

 

जेनजी आन्दोलनका क्रममा घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ । गत भाद्र २४ गतेको जेनजी आन्दोलनको नाममा डल्लुस्थित खनाल दम्पतीको घरमा आगजनी भएको थियो । निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी चित्रकार भारतमा तीन महिनाको उपचारपछि नेपाल फर्किएकी हुन् । अहिले उनी आफ्नौ घरमा आराम गरिरहेकी छिन् ।

आन्दोलनमा जेनजीको प्रयोग गरेर बाह्य शक्तिले आफूमाथि र पूरा सिंगो देशमाथि आक्रमण गरेको उनले बताइन् । उनले राजनीतिमा संलग्न होस् या राजनीतिबाट टाढा भएकाहरुको होस् यस्तोखाले आक्रमण हुनु जंगली पारा भएको बताइन् । जेनजी आन्दोलनको नाममा नेपाललाई ध्वस्त पार्ने षड्यन्त्र भएको उनको ठम्याइ छ ।

जेनजी आन्दोलन त निउ मात्रै हो । जेनजीहरुले घटना घटाएकै होइन, जेनजीहरु प्रयोग भएका हुन् । रियल जेनजी यस्ता अमानवीय हुँदैनन् । उनीहरुको नामबाट अरुले खेल खेले । राजनीतिबाट टाढा भएकाले होस् या राजनीतिमै संलग्न भएकाले होस् त्यस्तो आक्रमण गर्ने यो जंगली नियम लागू गर्न हुँदैन् । एकदम दुःखद घटना हो । मलाई मात्रै होइन, देशकै दुःखद घटना हो । काठमाडौंभित्र वा बाहिर, देशभरी नेपाललाई ध्वस्त पार्ने कार्यक्रम गरियो । जसले घटायो नेपाललाई असफल राष्ट्र बनाउने र विदेशी सेनाले जेजे गर्न मन लाग्छ गर्ने त्यही प्रयास हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...