शीतलहरका कारण दाउन्नेमा राजमार्ग अवरुद्ध



हाम्रो इकोनोमि

 

 

शीतलहरका कारण नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको छ । शीतलहरका कारण पश्चिम नवलपरासीको दाउन्ने खुर्सानी खोला क्षेत्रको सडक चिप्लो भएको हुँदा सवारी साधन चिप्लिने तथा अड्किने समस्याका कारण राजमार्ग अवरुद्ध भएको हो ।

चितवनबाट बिहानै बाँकेको कोहलपुरका लागि हिँडेका बासुदेव सिंहले आफू ४ घण्टादेखि दाउन्नेको जाममा फसेका र सर्वसाधारणलाई जाडोले निकै प्रभावित पारेको बताए । उनले भने, अगाडि पछाडि नै लामो जाम भएकाले समस्या भइरहेको छ ।

राजमार्गमा केही दिनदेखि सवारी साधनको लामो जाम लाग्ने गरेको छ । शीतलहरका कारण राजमार्ग अवरुद्ध हुँदा यात्रुले निकै सास्ती पाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक विनोद जोशीका अनुसार विस्तारै सवारी साधनको जाम कटाए पनि बाक्लो हुस्सुसहित शीतलहर परेका कारण सवारी सञ्चालनमा निकै कठिनाई भएको छ ।

नारायणगढ–बुटवल सडक खण्डको पूर्वी खण्डतर्फ दाउन्नेदेखि दुम्कीबास जंगलसम्म करिब एक हजार पाँच सय सवारी साधनको जाम लागेको सूचना अधिकारी जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...