१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जान्छौँ : विप्लव



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरूले अघि सारेको १३ बुँदे माग सम्बोधन भए सडक संघर्षमा जाने चेतावनी दिएका छन् । नवौँ केन्द्रीय समितिको चौथौँ विशेष बैठकलाई सम्बोधन गर्दै आफूहरूले शान्तिपूर्ण आन्दोलन गर्ने बताए ।

उनले सर्वपक्षीय सरकारको मागबाट आफूहरू पछि नहट्ने भन्दै उनले भने, हामी १० दिन कुर्नेछौँ, यदि बेवास्ता गरियो भने जनता र जेनजीको समर्थनमा आन्दोलन सुरु गर्नेछौँ । नयाँ संविधान जारी भए पनि जनताका अधिकारहरू अझै अपूर्ण रहेको बताए ।

उनले थपे, हामी समाजवादी सङ्घीयता को पक्षमा छौँ र सबै नागरिकले राज्यमा स्वामित्व महसुस गर्ने गरी राज्य संरचना पुनःसंरचना हुनुपर्छ ।

उनले भ्रष्टाचारको छानबिन गरेर सम्पत्तिको राष्ट्रियकरण गरेर दोषीलाई जन्मकैदसम्मको फैसला गर्नुपर्ने माग आफूहरूले अघि सारेको बताए । हिजो राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउँदै पार्टीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भंग गरी सर्वपक्षीय सरकार बनाउन माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...