नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु



हाम्रो इकोनोमि

 

 

नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको पाँचौ तलाबाट खसेका डाक्टर अमित यादवको मृत्यु भएको हो ।
प्रहरीका अनुसार आइतबार बिहान मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौ तलाबाट खसेर गम्भीर घाइते भएका यादवको मृत्यु भएको हो ।

उनी इन्टर्नका रुपमा अस्पतालमा कार्यरत थिए । सप्तरीको, राजविराज नगरपालिका–९, जगदरी घर भएका यादव पाँचौँ तलामाथिबाट भूइँमा खस्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । घटनापछि उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार शुरु गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...