नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु



हाम्रो इकोनोमि

 

 

नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको पाँचौ तलाबाट खसेका डाक्टर अमित यादवको मृत्यु भएको हो ।
प्रहरीका अनुसार आइतबार बिहान मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौ तलाबाट खसेर गम्भीर घाइते भएका यादवको मृत्यु भएको हो ।

उनी इन्टर्नका रुपमा अस्पतालमा कार्यरत थिए । सप्तरीको, राजविराज नगरपालिका–९, जगदरी घर भएका यादव पाँचौँ तलामाथिबाट भूइँमा खस्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । घटनापछि उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार शुरु गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...