यस्तो छ ईश्वर पोखरेल प्यानल सूची



हाम्रो इकोनोमि

 

नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको छ । पोखरेल समूहले सचिवमा स्वतन्त्र उम्मेदवारी दिनुभएका अग्नि खरेललाई समेत समेटेर प्यानल बनाएको हो । विगतमा केपी ओलीका अति निकटका खरेलले पदाधिकारीको सूचीमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । पोखरेल समूहले खरेललाई आफ्नो प्यानलमा राखेको हो । यस्तै स्वतन्त्र उम्मेदवारी दिनुभएका उपाध्यक्षका उम्मेदवार टंक कार्की र उपमहासचिवमा उम्मेदवारी दिनुभएका आनन्द पोखरेल पनि पोखरेल प्यानलमा पर्नुभएको छ । पोखरेल प्यानलबाट उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंक कार्की, विन्दा पाण्डे र परशुराम मेघी गुरुङ हुनुहुन्छ । महासचिवमा सुरेन्द्र पाण्डे तथा उपमहासचिवमा योगेश भट्टराई, बैजनाथ चौधरी र आनन्द पोखरेल हुनुहुन्छ । ९ जना सचिवको उम्मेदवारमा अग्नि खरेल, इन्द्रलाल सापकोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, ठाकुर गैरे, गोकुल बास्कोटा, रचना खड्का, पुरुषोत्तम पौडेल र विनोद ढकाल हुनुहुन्छ । उम्मेदवारको यही सूची लिएर प्रतिनिधिहरूले प्रचार-प्रसार गरिरहेका छन् । नयाँ नेतृत्व चयनका लागि मंगलबार अपरान्ह मतदानको कार्यक्रम छ । 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...