ओली पक्षका पदाधिकारीबारे छलफल, महासचिवमा प्रदिप ज्ञवालीको अडान



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको ११ औँ महाधिवेशनबाट नेतृत्व चयनका प्रक्रिया शुरु हुनलाग्दा संस्थापन पक्षले पदाधिकारीका उम्मेदवार तय गर्न सकेको छैन । आइतबार रातभर पनि नेताहरु छलफलमा थिए ।

महासचिवमा शंकर पोखरेललाई नै अघि सार्ने अध्यक्ष केपी शर्मा ओलीको चाहना नेताहरुले बुझेका छन् । तर प्रदीप ज्ञवालीले महासचिव उम्मेदवार नबने केन्द्रीय सदस्यमात्र उम्मेदवार बन्ने भनेका छन् । पोखरेल र ज्ञवालीमध्ये एकजना महासचिव उम्मेदवार ओलीले तय गर्ने एकल जिम्मेवारी पाएका छन् ।

महासचिवका अर्का दाबेदार पृथ्वीसुब्बा गुरुङ उपाध्यक्ष उम्मेदवार बन्ने भएका छन्, तर उनले शंकर पोखरेलको विकल्प खोज्नुपर्ने अडान राखेको बताइएको छ । त्यस्तै संस्थापन पक्षबाट उपाध्यक्षमा बिष्णु पौडेल, रामबहादुर थापा बादल उम्मेदवार बन्ने निश्चित छ ।

हालका उपाध्यक्ष गुरु बराललाई अनुशासन आयोगको अध्यक्ष बनाउने प्रस्ताव नमानेका कारण उम्मेदवारको टुंगो भएको छैन । उपमहासचिवमा संस्थापन पक्षबाट बिष्णु रिमाल, रघुवीर महासेठ, छबिलाल विश्वकर्मा, लेखराज भट्ट र पद्मा अर्यालमध्ये ३ जना हुनेछन् ।

९ सचिवका लागि कोशीबाट शेरधन राई, हिक्मत कार्की र भानुभक्त ढकाल, बागमतीबाट महेश बस्नेत, शेरबहादुर तामाङ, माधव ढुंगेललगायतको बलियो दाबीका कारण टुंगो लागेको छैन । गण्डकीबाट खगराज अधिकारी, कर्णालीबाट यमलाल कडेल र गोरखबहादुर बोगटी, सुदूरपश्चिमबाट गणेश ठगुन्ना, घरफर्क अभियानबाट रामकुमारी झाँक्रीलगायतको नाममा अझै पनि छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...