निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री



हाम्रो इकोनोमि

 

 

अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले भने, निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो । निजी क्षेत्रले निश्चित समयपछि छोड्ने नै हो । उनीहरूमाथिको आक्रमण ठिक होइन । निजी क्षेत्रको संरक्षण गर्नका लागि सबैले जोड दिनुपर्छ ।’

विधि ठिक भएन भने सुधार गर्न सकिने तर सही मान्छेमाथि गलत कदम चालिए निरुत्साहित हुने अर्थमन्त्रीको भनाई छ । यदि कसैले अपराध नै गरेको छ भने त्यसको सजाय दिन सरकार तयार छ । त्यसका लागि सडक, सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट जथाभाबी टिप्पणी गर्न हुँदैन,’ अर्थमन्त्री खनालले भने ।

साथै जेन्जी आन्दोलन आर्थिक समृद्धिको लागि मात्रै नभएको उनले बताए । भ्रष्टाचार अत्यन्त बढेर राज्यका शक्तिशाली व्यक्तिबाटै यसलाई बढावा दिने काम भएकाले यसको अन्त्य हुनुपर्ने उनले बताए । उनले सेवा प्रवाह पारदर्शी हुनुपर्छ आन्दोलनको माग रहेको स्मरण गराए ।

निर्वाचन अपरिहार्य रहेकाले अर्थमन्त्री खनालले भने, कुनै पनि हिसाबले निर्वाचन सार्दा मुलुकलाई अनिश्चयको दिशामा लैजान्छ । यसको अनेक क्रियाकलापमा असर गर्छ । कुनै पनि हालतमा समयमा निर्वाचन हुनुपर्छ । यसका लागि सकारात्मक माहोल हुनुपर्छ । रकार पनि लागिपरेको छ ।

सबै दलहरूको सहमति र आम नागरिकको सहमतिमा समयमा निर्वाचन गराइने उनले बताए । सुरक्षित, भयरहित र निष्पक्ष भएर अन्तर्राष्ट्रिय जगतमा पनि लोकतान्त्रिक अभ्यासमा गएर निर्वाचन समयमै गरेको छवि बनाउनु पर्ने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय जगतले राम्रो मूल्यांकन गरिरहेकाले नेपालले पनि त्यो दृष्टिकोण परिवर्तन गर्न नहुने उनले बताए । सरकारको छवि अझै सुधार गर्न नेपाल सरकारले आगामी दिनमा सुधारका काम गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...