प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक



हाम्रो इकोनोमि

 

 

बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको उनको सचिवालयले जनाएको छ ।

आसन्न निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री सुशीला काकीले बैठक आह्वान गरेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र वातावरणबारे छलफल भइरहेको छ । बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति छ ।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार, बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरू छन् ।

को को छन् बैठकमा ?

निर्वाचन आयोगबाट

कार्यवाहक प्रमुख आयुक्त, रामप्रसाद भण्डारी

आयुक्त, जानकीकुमारी तुलाधर

आयुक्त, सगुनशमशेर राणा

सचिव, महादेव पन्थ

सहसचिव, नारायण प्रसाद भट्टराई

सहसचिव, यज्ञप्रसाद भट्टराई

सहसचिव, राजेन्द्रकुमार केसी

दलहरूबाट

गगन थापा, पुष्पा भुसाल (नेकां)

शंकर पोखरेल, महेश बर्तौला (एमाले)

शक्ति बस्नेत, प्रकाश ज्वाला (नेकपा)

शिशिर खनाल, सोबिता गौतम (रास्वपा)

राजेन्द्र गुरुङ, भुवन पाठक (राप्रपा)

प्रकाश अधिकारी (जसपा नेपाल)

नरेन्द्र चौधरी (जनमत)

सरकारबाट

प्रधानमन्त्री, सुशीला कार्की

अर्थमन्त्री, रामेश्वर खनाल

गृहमन्त्री, ओमप्रकाश अर्याल

कानुनमन्त्री, अनिलकुमार सिन्हा

सञ्चारमन्त्री, जगदीश खरेल

सुरक्षा निकायबाट

अशोकराज सिग्देल, प्रधानसेनापति

दानबहादुर कार्की, प्रहरी महानिरीक्षक

राजु अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक

टेकेन्द्र कार्की, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...