चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग



हाम्रो इकोनोमि

 

 

चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा सरकार, राजनीतिक दलका प्रतिनिधि, जेनजी प्रतिनिधि, सुरक्षा निकाय र निर्वाचन आयोगका आयुक्तहरू सहभागी हुँदैछन् ।

उक्त बैठकमा चुनावको तयारीबारे ब्रिफिङ गरिने आयोगले जनाएको छ । आयोगबाट सहभागी हुने आयुक्तहरूले राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधिसभाको निर्वाचन, चुनावको तयारी, कानुनी जटिलता, स्रोतसाधनको उपलब्धता, सुरक्षा चुनौती र आर्थिक अवस्थाबारे बृफिङ गर्न लागेका हुन् ।

निर्वाचन हुने सुनिश्चितताका लागि जस्तो वातावरण बन्नुपर्ने हो त्यस्तै वातावरण बनाउन पूर्व तयारी चुस्त हुनुपर्ने र त्यसका लागि सरकार र राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण हुने आयोगका अधिकारीहरू बताउँछन् ।

आयोगका एक अधिकारी भन्छन्, एकातिर सरकार चुनाव गराउने भन्ने र अर्काेतिर राजनीतिक दलहरूले कम विश्वास गर्ने वातावरण बन्नु हुँदैन भन्नेमा आयोग प्रष्ट छ । लुटिएका हतियार बाहिरै रहेको विषयमा सरकारले प्रष्ट पार्ला । यस कुरालाई समेत सर्वपक्षीय बैठकमा महत्वका साथ राख्ने तयारी छ ।

आगामी ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा १३ वटा दलले भाग लिने तय भइसकेको छ । आगामी २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा भाग लिनका लागि भनेर ११७ वटा राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि निवेदन दिएका छन् । उक्त निवेदनउपर आयोग अध्ययनमा छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...