हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी



हाम्रो इकोनोमि

 

 हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन दिएको १५ दिने अल्टिमेटम आज सकिँदैछ ।

सडक डिभिजन हेटौंडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज (७५/७५ फिट) विस्तार गर्न लागेको हो ।

सडक डिभिजनले सर्वोच्च अदालतको आदेशलाई सम्झाउँदै ५ मंसिरमा सार्वजनिक सूचना जारी गरी घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको थियो । तोकिएको समयमा संरचना नभत्काए सडक डिभिजन आफैं भत्काउने सूचनामा छ ।

तर, सूचना जारी गरेको आज १५औं दिनसम्म पनि सडक सीमा क्षेत्र खाली भएका छै्रनन् । मुआब्जा र क्षतिपूर्ति माग्दै घरधनी र व्यवसायीहरु आन्दोलित छन् । सडक विस्तार हुने क्षेत्रका व्यवसायीमात्रै प्रदर्शनमा देखिएका छन् ।

भोलि २० मंसिरदेखि सडक डिभिजन अतिक्रमित संरचना हटाउन मैदानमा उत्रिने तयारीमा छ । २० देखि २५ दिनभित्र अतिक्रमित संरचना हटाइसक्ने लक्ष्य सडक डिभिजन कार्यालयले लिएको छ ।

यसअघि असार २०७६ मा १ नम्बर वडामा सरकारी निकायले उपभोग गरिरहेका सडक क्षेत्रको जग्गा खाली गराएयता सडक डिभिजन मैदानमा उत्रिएको छैन । त्यतिबेला राप्ती रोडमा स्थानीय र प्रहरीबीच झडप नै भएको थियो ।

सडक डिभिजनले पछिल्लो पटक दुई वर्षअघि सूचना निकालेको थियो । घरधनीहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि सडक डिभिजन रोकिएको थियो । सोही मुद्दाको फैसलालाई टेकेर अहिले सडक विस्तार हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा नाडा अटो सो आयोजना हुने

    अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो सो यही ९ देखि १४...

मकवानपुरमा स्कारपिओ दुर्घटना, ६ जना घाइते

    मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास...

बागमती प्रदेश मुख्यमन्त्रीले दिए राजीनामा

  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्...

नेवानीका २ एयरहोस्टेज एयरपोर्टबाट पक्राउ

    घुमफिरका लागि मलेसिया जान लागेका नेपाल वायुसेवा निगमका दुई कर्मचारी एयरपोर्टमै...