बुढानीलकण्ठ नगरपालिकाको १२औं स्थापना दिवस सम्पन्न



हाम्रो इकोनोमि

 

बुढानीलकण्ठ नगरपालिकाको १२औं स्थापना दिवस मनाइएको छ । मंगलबार नगरपालिकाको प्राङ्गण, हात्तीगौडामा भव्य रूपमा सम्पन्न भएको हो । कार्यक्रमलार्ई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले बुढानिलकण्ठ नगरपालिकालाई उत्कृष्ट बनाउनका लागि काम गरिरहेको बताए । विकास निर्माणका सवालमा स्थानीयले चित्त बुझाउने गरी काम गरिरहेको दाबी अधिकारीको छ । ७८ सालदेखि सुरु गरेका कतिपय काम अझै सुरु भएको छैन । त्यस्ता निर्माण कम्पनीलाई कारबाही नगरे कसलाई गर्ने ? अधिकारीले प्रश्न गरे । राम्रो काम गर्ने कर्मचारी र उपभोक्ता समितिलाई सम्मान गर्ने गरिएको जानकारी दिए । त्यसैगरी उत्कृष्ट करदातालाई पनि प्रोत्साहनका लागि सम्मान गर्ने गरेको बताए । नगर प्रमुख अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्वाधार र खेलकूद क्षेत्रमा एकपछि अर्को काम गर्दै आएको जानकारी दिए । शिक्षा क्षेत्रको बजेट १ करोडबाट बढाएर ७ करोड हुँदै १३ करोडसम्म पुर्याएको उनले बताए । नगरपालिकाकाले प्रत्येक दिन १० हजार विद्यार्थीलाई दिवा खाजा खुवाउने गरेको उनले जानकारी दिए ।

बुढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचिमा समावेश गर्नका लागि युनेस्कोसँग पहल गरिरहेको उनले जानकारी दिए । त्यसैगरी अधिग्रहण भएका सार्वजनिक जग्गा फिर्ता ल्याउने काममा पनि सक्रिय भएको उनको भनाइ छ । वृहत्तर बुढानिलकण्ठ बनाउने अभियानअनुसार काम गरिरहेको उनले जानकारी दिए । संघ सरकारले पनि स्थानीय सरकारलाई जति साथ दिनुपर्ने त्यति नदिएको गुनासो गरे । “कुनै पनि प्रमुखसँग के छ हालखबर भनेर सोधिएको छैन । जेनजी आन्दोलनपछि के कस्ता समस्या छन् भनेर कसैले चासो रोखको छैन । 

नगरपालिकाले शिक्षामा कायापलट गरेको दाबी गर्दै लामाले गुणस्तरीय शिक्षाका लागि बुढानीलकण्ठ नै जानुपर्छ भन्ने मान्यता स्थापित भएको दाबी गरिन् । बुढानीलकण्ठको मुहार फेर्ने गरी हामी अघि बढिरहेका छौँ । नागरिकलाई उत्पादनसँग जोड्दै रोजगारी सृजना गर्नुपर्ने छ । थापाले भने । उनले पर्यटकीय गन्तव्यका रुपमा यो क्षेत्रलाई अघि बढाउन गुरुयोजना बनाउनुपर्ने उनले बताए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, राष्ट्रिय स्वतन्त्र पार्टी बुढानीलकण्ठ नगर कमिटी कार्यवाहक सभापति राधा शाह, नेपाली कम्प्युनिष्ट पार्टीका बुढानीलकण्ठ नगर कमिटी अध्यक्ष भाइ नारायण श्रेष्ठ, नेकपा एमाले बुढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदीप डंगोलले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रमको अध्यक्षता नगर प्रमुख मिठाराम अधिकारीले गरेका थिए भने प्रमुख अतिथि बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा थिए । राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कोटी, जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख शान्ति पाण्डे, नगर उपप्रमुख अनिता लामा, प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोला लगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...