हेटौँडा बजारको ५३१ घर भत्काँउदै सरकार



हाम्रो इकोनोमि

 

 

 सडक डिभिजन हेटौँडाले २५–२५ गज सडक बिस्तार गर्दा हेटौँडा उपमहानगरपालिकाले बिस्थापित हुने व्यवसायीलाई बजार क्षेत्रमा व्यवस्थापन गर्न सकिने जनाएको छ । विस्थापित व्यवसायीलाई हेटौँडा बसपार्कमा रहेका ४० वटा सटरमा राख्न सकिने र यसका लागि मकवानपुर उद्याग वाणिज्य संघको समन्वय हुनसक्ने बताइएको हो ।

यस्तै, हेटौँडा–११ स्थित तरकारी फलफूल तथा थोक बजारका लागि निर्माण भएका ६० वटा कोठामा समेत विस्थापित व्यवसायीलाई राख्न सकिने मेयर मीनाकुमार लामाले बताइन् । उनले भूटनदेवी माध्यमिक विद्यालयले निर्माण गरेका खाली सटरमा समेत व्यवस्थापन गर्न सकिनेबारे उपमहानगरपालिकामा छलफल भएको जानकारी दिइन् ।

धेरैजसो व्यवसायीले हेटौँडा बजार क्षेत्रमा २ वटा पसल राखेर व्यवस्थापन गरिसकेको उपमहानगरपालिकाको दाबी छ । बजार क्षेत्र भत्कने हल्लासँगै लामो समयदेखि खाली रहेको नारायणी मलसमेत व्यवसायीले बुक गरिसकेका छन् । बजार क्षेत्रमा खाली रहेका सुपर मार्केटमा समेत व्यवसायीलाई व्यवस्थापन गर्न सकिने बताइएको छ । विस्थापित व्यवसायीको पुनःस्थापनामा आवश्यक सहयोग र समन्वय गर्न मकवानपुर उद्योग वाणिज्य संघलाई हेटौँडा उपमहानगरपालिकाले आग्रह गरेको छ ।

सडक डिभिजन हेटौँडाले मंसिर ५ गते १५ दिने सूचना जारी गर्दै मंसिर २० गतेदेखि हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरीसम्मका ५ सय ३१ घर टहरा हटाउने तयारी गरेको छ । घरटहरा भत्काउन आवश्यक बन्दोबस्ती गरेर सडक डिभिजनले मेनरोडका पेट्रोल पम्पहरुलाई इन्धन बेच्नसमेत रोक लगाइसकेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले घर टहरा हटाउने र सडक विस्तार गर्ने कार्यमा अवरोध नगर्न अनुरोध गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...