आगामी महाधिवेशनमा मतदात हुन्छ : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा मतदात हुने बताएका छन् .एमालेको महाधिवेशन प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित लोगो सार्वजनिक कार्यक्रममा ओलीले महाधिवेशनमा प्रतिस्पर्धा हुने बताए सर्वसम्मतिका नाममा सेन्टिमेन्टल काम हुँदैन रोक्ने सोक्ने काम हुँदैन प्रतिस्पर्धा हुन्छ,’ ओलीले भने, एमालेमा डेमोक्रेसी छैन । चुनावै लडेन कसैलाई चुनाव लड्न दिएन भन्दै गर्लान् ।

नदिइएको होइन, मेरो आग्रह छ एकताबद्ध भएर जाऔं, एकअर्कामा टिकाटिप्पणी गर्ने खुइल्याउने, होच्याउने, अपमान गर्ने जस्ता काम किन गर्ने  त्यस्तो नगरौं । अध्यक्ष ओलीले सहमतिका साथ लड्न र सहमतिका साथ अघि बढ्न आग्रह गरे । उनले केन्द्रीय सदस्य पनि सार्वभौम हुने भएकाले उनीहरुको आकांक्षालाई समेत रोक्न नसकिने ओलीको भनाइ थियो । उनले पार्टी पुनर्गठन, हस्तान्तरण पुस्तान्तरणको आवाज उठिरहेको बताउँदै आवश्यकता अनुसार हुने बताए । ओलीले भने, ‘त्यसैका लागि हो अधिवेशन चाहिने ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...