पदाधिकारीको संख्या बढाउने एमालेको तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको एघारौं महाधिवेशनमा केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाउने र स्थायी कमिटीको संरचना कायम राख्नेगरी विधान संशोधन प्रस्ताव लैजान दबाब बढेको छ । गत भदौ तेस्रो साता सम्पन्न विधान महाधिवेशनले केन्द्रीय कमिटीको संख्या ३०१ बाट घटाएर २५१ सदस्यीय बनाएको थियो । तर जेनजी आन्दोलनपछि भएको महाधिवेशन प्रतिनिधि छनौटमा एमालेले ४० वर्षमुनीका युवाको क्लस्टर बनाएरै प्रतिनिधि छनौट गरेको छ ।

यस हिसाबले देशभरका १६५ निर्वाचन क्षेत्रका क्लस्टर र अन्य संगठन र क्लस्टरका समेत गर्दा ४० वर्षमुनीका युवाको प्रतिनिधित्व महाधिवेशनमा २० प्रतिशत हाराहारीमा हुने अनुमान छ । सो समूहको प्रतिनिधित्व केन्द्रीय कमिटीमा पनि गराउनेगरी विधान संशोधन हुने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ ।

विधान महाधिवेशनको बेला मस्यौदा कार्यदलमा रहेका एक नेताले भने–हामीले महाधिवेशन प्रतिनिधिमै ४० वर्षमुनीको युवा प्रतिनिधिको लागि निर्वाचन क्षेत्र नै तोकिसकेको अवस्थामा उनीहरुको क्लस्टर केन्द्रीय कमिटी निर्वाचनमा पनि अनिवार्य भयो ।

महाधिवेशनले विधान संशोधन गर्ने अधिकार रहेकाले अवश्य पनि हलमा गइसकेपछि पहिलेकै संरचनामा फर्किने सम्भावना देखिन्छ । विधान महाधिवेशनले बरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष रहेकोमा त्यसलाई घटाएर ३ जना उपाध्यक्ष राखेको थियो ।

केही नेताले बरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षको संख्या ६ वा ७ बनाउन सुझाव दिएका छन् । सचिवको संख्या ७ र उपमहासचिवको संख्या ३ कायम राखेर उपाध्यक्षमात्र बढाउने र युवा क्लस्टरको केन्द्रीय कमिटीमा प्रतिनिधित्व सुनिश्चित गर्न शीर्ष नेतृत्वलाई दबाब बढेको छ ।

त्यसो हुँदा केन्द्रीय कमिटीको आकार पहिलेकै जस्तो हुनसक्छ । अहिले पार्टीमा सबैको व्यवस्थापन गरेर जानुपर्ने दबाब बढिरहेको हुनाले पदाधिकारी पनि १९ नै पुग्ने र स्थायी कमिटी ४५ सदस्यीय कायम गर्नेगरी विधान संशोधन प्रस्तावको अनौपचारिक छलफल चलिरहेको छ ।

अहिले विधानले हटाएको स्थायी कमिटी पुनस्र्थापित गर्दा धेरै नेताको सम्मानजनक व्यवस्थापन हुने तर्क नेताहरुले गरेका छन् । एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले विधान संशोधन आवश्यक भएमा कमिटीले निर्णय गरेर महाधिवेशन हलमा लैजान सक्ने बताए । अहिलेसम्म त्यो ढंगले निर्णय नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...