श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ । बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् । हालैका वर्षहरूमा श्रीलंकामा भएको सबैभन्दा गम्भीर मौसमी प्रकोपहरूमध्ये एक हो ।

डिजास्टर म्यानेजमेन्ट सेन्टर (डीएमसी) का अनुसार, श्रीलंकाको चिया बगान भएको बदुल्ला जिल्लामा राति आएको पहिरोमा २१ जनाको मृत्यु भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बाढीको पानीले घरहरू बगाएर लगेको देखिन्छ  । प्रभावित परिवारका लागि अस्थायी आश्रयस्थलहरू तयार पारिएका छन् ।

यसैबीच, शुक्रबार थप खराब मौसमको सम्भावनासँग जुध्नका लागि श्रीलंका तयारी गरिरहेको छ, किनकि ‘दित्वाह’ चक्रवात यसको पूर्वी तटतर्फबाट अगाडि बढिरहेको छ । दित्वाह’ पहिले यसको पूर्वी तट नजिकै एक गहिरो दबाबको अवस्थाको रूपमा सुरु भएको थियो । पछि यो द्रुत गतिमा बढेर एक चक्रवात बन्यो। यो भारतको तटमा ल्यान्डफल (तटमा प्रवेश) गर्न सक्ने बताइएको छ ।

विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार बाढीका कारण हजारौ मानिसहरु विस्थापित भएका छन् ।डीएमसी केन्द्रको पछिल्लो प्रतिवेदन अनुसार, चरम मौसमी प्रकोपले १७ वटा जिल्लाहरूमा असर गरेको छ भने एक हजार १५८ परिवारका करिव चार हजार व्यक्तिहरू प्रभावित भएका छन् । डीएमसीले १० जना घाइते भएको, तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएको र ३८१ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको जनाउदै कम्तीमा १३१ जनालाई अस्थायी सुरक्षित केन्द्रमा सारिएको उल्लेख गरेको छ ।

निरन्तरको वर्षाले मध्य र पाहाडी क्षेत्रहरूमा थप बाढी र पहिरो निम्त्याई सडक बन्द हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् । मौसमी अवस्था बिग्रँदै जाँदा परीक्षा विभागले बिहीबार, शुक्रबार र शनिबारका लागि निर्धारित विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्ने घोषणा गरेको छ । भारी वर्षाले गर्दा थुप्रै जिल्लामा यातायात अवरुद्ध भएको छ भने प्रमुख सडकहरू बन्द छन् ।

आपतकालीन टोलीहरूले उच्च जोखिममा रहेका क्षेत्रहरूमा खोजी र उद्धार कार्यहरू जारी राखेका छन् भने सरकारले जनतालाई पहिरो र बढ्दो जलस्तरप्रति सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...