एमाले ११औं महाधिवेशनको मूल नारा तय



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेले ११औं महाधिवेशनको मूल नारा तय गरेको छ । च्यासलमा बसेको महाधिवेशन सचिवालय बैठकले महाधिवेशनको तयारी योजनासहित विभिन्न निर्णय गरेको छ ।

जसअनुसार ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ मूल नारासहित एमाले महाधिवशेनमा जानेछ । यही मंसिर २७-२९ मा एमालेको महाधिवेशन हुँदैछ ।

महाधिवेशन उद्घाटन स्थलका लागि ३ वटा सम्भावित स्थान पनि प्रस्तावित गरिएको छ । जसमा खुलामञ्च, भृकुटीमण्डप र भक्तपुर सल्लाघारीको खाली जमिन छ । यी ३ मध्ये भृकुटीमण्डप सानो हुने, खुलामञ्चमा कार्यक्रम गर्न काठमाडौंका मेयर बालेन साह सकारात्मक नहुने आँकलनसहित सल्लाघारी उपयुक्त विकल्प मानिएको बैठकमा सहभागी एक नेताले बताए ।

‘भेन्यूबारे ३ स्थानमा प्रस्ताव भयो । त्यसमध्ये ९९ रोपनी क्षेत्रफल रहेको सल्लाघारीको खाली जमिन उत्तम विकल्प देखिएको छ । सम्भवत: सल्लाघारीकै सम्भावना बढेको छ’ ती नेताले भने ।

महाधिवेशनको तयारीका लागि बनेका १२ उपसमितिले अहिलेसम्म भएगरेका कामको प्रगतिबारे जानकारी गराउनुको साथै योजना प्रस्तुत गरेको गौतमको भनाइ छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि काठमाडौंमा सवारी जाम, सर्वसाधारणलाई आवतजावतमा पर्नसक्ने बाधासमेतलाई ध्यानमा राखेर उद्घाटनस्थल सल्लाघारीमा सार्ने सम्भावना बढी रहेको बताए । बन्द सत्र भने भृकुटीमण्डपमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...