मिराज ढुंगानासहितका जेन-जीलाई प्रहरीले लखेट्यो



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन पुगेका जेन-जी समूहलाई आज पनि सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । हिजो अपरान्ह पनि २१ वटा जेन-जी समूह पुगेकोमा भित्र छिर्न नदिएपछि दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए ।

आज बिहान सिंहदरबार गेटमा पुगेका मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले लखेटेर अनामनगरको पुल कटाएको छ । सो -क्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो । सरकारले प्रहरी लगाएर युवाहरूको आवाज दमन गरेको भन्दै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरे ।

युवाको विद्रोह फगत ०८४ सालको निर्वाचन ०८२ सालमा गर्नको लागि मात्र नभएको भन्दै उनीहरूले कार्की सरकारले आफूहरूको माग पूरा गर्न नसकेको र घाइते तथा शहीदको सपना साकार पार्न असम्भव देखेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...