दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस् : ओली



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन् । काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्तै छाड्नुस् । बोल्नै नपाउने पनि हुन्छ  ? मानव अधिकार आयोगले समेत भनिसेकेको छ, बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेर । मानव अधिकार आयोगले समेत भनिसक्यो, ओलीले भनेका छन् ।

उनले दुर्गा प्रसाईंले दिउँसो सार्वजनिक गरेको भिडियोकै आधारमा रातारात सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाए । प्रसाईंले भएकै कुरा भिडियोमार्फत सार्वजनिक गरेको ओलीको दाबी छ ।

‘दुर्गा प्रसाईंले एउटा भिडयो निकाले । दिउँसो निस्कियो बेलुका समातियो । यो सरकारसँग तयो भिडियोको जवाफ छ कि छैन  ? दुर्गा प्रसाईंलाई दिने जवाफ छ कि छैन । म प्रधानमन्त्री र गृहमन्त्रीलाई सोध्न चाहन्छु ।

एआई त होइन होला, ओलीले भने, प्रश्न उठायो, कसैले अनि । भएकै भिडियो त देखाएको हो नि  ? यति साह्रो तपाईंहरूको ताउरमाउर थियो, दुनियाँ शोकमा भएको बेला तपाईंहरू त षडयन्त्रको तानाबाना बुनिरहनुभएको रहेछ भनेको त हो । उनले अभिव्यक्ति दिएकै आधारमा उत्तेजित भएर कसैलाई पनि गिरफ्तार गर्न नपाइने बताए ।

‘बोलेबापत आक्रोशित, उत्तेजित भएर मान्छे गिरफ्तार गर्न हुँदैन । कसलाई को मन पर्छ कसलाई को मन पर्दैन भन्ने हुँदैन । के मा थुन्ने के मा नथुन्ने भन्ने हुँदैन । भएको भिडियो बाहिर ल्याउनु अपराध हो । राति राति स्वेच्छाकारी ढंगले के गरेको ? बिहान गिरफ्तार गरेको भए के हुन्थ्यो । तमासा गरिरहेको छ यो सरकारले, उनले भने ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...