कर्फ्यूका कारण एमालेको जनप्रदर्शन स्थगित



हाम्रो इकोनोमि

 

 

प्रशासनले कर्फ्यू आदेश जारी गरे पनि एमाले युवाहरूको प्रदेश भेला परवानीपुरमा जारी छ । महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने तय भएकोमा सिमरामा तनाव भएपछि सामान्य रूपमा कार्यक्रम गर्ने तयारी रहेको एमाले नेता किसान श्रेष्ठले बताए । जनप्रदर्शन भने स्थगित भएको छ ।

सिमरा विमानस्थलमा जेन-जी प्रदर्शनको विरोधका कारण जहाज नगएपछि नेताहरू काठमाडौंमै रोकिएका छन् ।जनप्रदर्शनका लागि विभिन्न स्थानबाट अगाडि बढेका एमाले कार्यकर्ता, समर्थक र शुभचिन्तक कर्फ्यूका कारण बाटैमा रोकिएको उनले बताए ।

पाँच हजार मान्छे बाटैमा छन्, उनीहरूलाई फर्किन भनिएको छ’, उनले बताए । यद्यपि परवानीपुरस्थित डीएभी स्कुलसँगै चयनपुरको चौरमा निर्धारित भेला स्थलमा दुई हजारभन्दा बढी मानिस भेला भइसकेका थिए । नेता श्रेष्ठका अनुसार आइसकेका कार्यकर्तालाई सम्बोधन गरिने र कार्यक्रम समापन गर्ने तयारी छ । भेलाका निम्ति मधेशका ८ वटै जिल्लाबाट एक हजारभन्दा बढी सहभागी भएका छन् । भेलास्थल मुख्य सडकसँगै भएकाले सजग भएर कार्यक्रम सम्पन्न गरिने श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...