मोरङमा दुई बालिकाको हत्या



हाम्रो इकोनोमि

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको शव फेला पर्याे । लगाएको कपडा शवको दायाँ-वायाँ राखिएको अवस्थामा भेटिएको शवमा किरा परिसकेको थियो । दुर्गन्ध फैलिएपछि स्थानीयले हेर्दा शव फेला पारेका थिए । अन्दाजी १४–१५ वर्षकी बालिकाको पहिचान खुल्ने कागजात भेटिएन । शवकै छेउमा भेटिएका कपडा र चप्पलमार्फत खोजी गर्दा कोही सम्पर्कमा आएनन् । प्रहरी कार्यालयमा बालिका हराएको उजुरी पनि थिएन । चार महिनासम्म पहिचान नखुलेपछि बेवारिसे शव भन्दै अन्त्यष्टिका लागि विराटगर महानगरपालिकालाई पत्र पठायो । २१ असोज साँझ मोरङको लेटाङ नगरपालिका–२, स्कुलचोककी १३ वर्षीया अंशु गौतम घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भइन् । बेपत्ता भएको १८ दिनपछि अर्थात् ७ कात्तिकमा बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा उनको शव फेला पर्याे । शरीर र टाउको छुट्टिएको र कपडा नभएको अवस्थामा भेटिएको शवको पहिचान घटनास्थलमा फेला परेको चप्पल र कपडाका आधारमा भयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...