एमाले संसदीय दलको बैठक बस्दै



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका विघटित प्रतिनिधि सभाका सांसदहरुको आज बैठक बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालयमा बैठक बस्ने विघटित प्रतिनिधि सभामा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
उनले भने, ‘हाम्रो पार्टीले प्रतिनिधि सभा विघटन असंवैधानिक भनेको छ तर यसको संवैधानिक र कानूनी परीक्षणमा हामी गएका थिएनौँ, यसबारे आजको बैठक केन्द्रित हुनेछ ।

उनले संसद विघटन असंवैधानिक भन्दै एमालेले विभिन्न चरणका जनपरिचालन भइरहँदा अदालतमा भने यो विषय प्रवेश नभएको भनेर नागरिक समाज र प्रवुद्ध वर्गबाट सुझाव आएकाले निष्कर्षमा पुग्न बैठक डाकिएको बताए ।

यो विषयलाई लिएर अदालत जाने किन नजाने भन्नेमा छलफल केन्द्रित हुनेछ, बर्तौलाले भने, असंवैधानिक भनिरहँदा अदालतमा यो विषय प्रवेश किन गराइएन भन्ने आमनागरिक, नागरिक समाज र प्रवुद्ध वर्गको चासोबारे एमाले एउटा निष्कर्षमा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...