एमाले संसदीय दलको बैठक बस्दै



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका विघटित प्रतिनिधि सभाका सांसदहरुको आज बैठक बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालयमा बैठक बस्ने विघटित प्रतिनिधि सभामा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
उनले भने, ‘हाम्रो पार्टीले प्रतिनिधि सभा विघटन असंवैधानिक भनेको छ तर यसको संवैधानिक र कानूनी परीक्षणमा हामी गएका थिएनौँ, यसबारे आजको बैठक केन्द्रित हुनेछ ।

उनले संसद विघटन असंवैधानिक भन्दै एमालेले विभिन्न चरणका जनपरिचालन भइरहँदा अदालतमा भने यो विषय प्रवेश नभएको भनेर नागरिक समाज र प्रवुद्ध वर्गबाट सुझाव आएकाले निष्कर्षमा पुग्न बैठक डाकिएको बताए ।

यो विषयलाई लिएर अदालत जाने किन नजाने भन्नेमा छलफल केन्द्रित हुनेछ, बर्तौलाले भने, असंवैधानिक भनिरहँदा अदालतमा यो विषय प्रवेश किन गराइएन भन्ने आमनागरिक, नागरिक समाज र प्रवुद्ध वर्गको चासोबारे एमाले एउटा निष्कर्षमा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...