हात्तीको आक्रमणबाट पथलैयामा ट्रक चालकको मृत्यु



हाम्रो इकोनोमि

 

 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित पथलैया-निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाएको छ । आइतबार बेलुकादेखि नै सो क्षेत्रमा देखिएको जंगली हात्तीका कारण पूर्वपश्चिम राजमार्ग क्षेत्र आतंकित बनेको थियो । सोमबार बिहान ८ बजेको समयमा ना४ख १८३० नम्बरको ट्रक चालकमाथि जंगली हात्तीले आक्रमण गरेको छ ।

ट्रकबाट हाम्फालेर भाग्न खोज्ने क्रममा हात्तीको आक्रमणबाट ट्रक चालक जितपुरसिमरा-१ का करिब ४० वर्षीय राजकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको छ । बेलुकादेखि नै हात्तीले आतंक मच्चाएपछि पूर्वपश्चिम राजमार्गमा गुड्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रशासनले अनुरोध गरेको थियो ।

तर, केही गाडीका चालकहरूले अटेर गर्दा सोमबार बिहान यस्तो घटना भएको बारा प्रहरीले जनाएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत पथलैया- निजगढ सडकखण्डको पिलुवा र निजगढ क्षेत्र बीचमा जंगली हात्तीले आतंक मच्चाएको हो ।

राजमार्ग क्षेत्रमा आतंक मच्चाउने हात्ती धपाउनका लागि बारा र चितवनबाट समेत हात्ती सहितको टोली परिचालन गरिएको बारा प्रहरीले जनाएको छ । आतंक मच्चाउने हात्ती धपाउनका लागि टोली परिचालन भएसँगै सोमबार १२:३० बजेपछि राजमार्गमा गाडी गुड्न थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...