मुख्यमन्त्री नियुक्ति विवादले मधेशमा तनाव



हाम्रो इकोनोमि

 

 

मुख्यमन्त्री नियुक्तिको विरोधमा प्रदेश प्रमुखको राजीनामा माग्दै मधेश प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालय तोडफोड गरेका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामा माग्दै कांग्रेस, जसपा, लोसपाका सांसद र कार्यकर्ता तोडफोडमा उत्रिएका हुन् । उनीहरूले भण्डारीको कार्यकक्षका सामानहरू पनि तोडफोड गरे । आन्दोलनकारीले राष्ट्रिय झण्डासमेत फ्याँकेका थिए ।

यसअघि मधेश भवन अगाडि उनीहरूले गाडी तेर्स्याएका थिए । सोक्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो । प्रदेश प्रमुखले ठूलो दलको हैसियतमा एमालेका सरोजकुमार यादवलाई शपथ नियुक्त गरेपछि मधेशको राजनीति गर्माएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...