पार्टी छाडेकाहरुलाई एमालेको ‘घर फर्क अभियान’ आरम्भ



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले पार्टी छाडेकाहरुलाई ‘घर फर्क अभियान’ चलाएको छ । यो क्रममा सोमबार काठमाडौँमा हुने कार्यक्रममा एमाले छाडेर बाहिर बसेका एक सय भन्दा बढी नेता कार्यकर्ता फर्कँदैछन् । पार्टीमा फर्किनेहरुलाई विशेष किसिमले स्वागत गरिने एमाले नेता महेश बस्नेतले बताए ।  सोमबार दिउँसो राष्ट्रिय सभागृहमै ‘घर फर्क राष्ट्रिय अभियान’ आरम्भ हुँदैछ ।

काठमाडौँको कार्यक्रमपछि जिल्लामा पनि पार्टीमा फर्काउने अभियान चलाइने एमालेले जनाएको छ । फर्किएकालाई ११ औं महाधिवेशनमा सहभागी हुने प्रयोजनका निम्ति पार्टीले केही न केही व्यवस्था गर्ने संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको भनाइ छ । उनका अनुसार सदस्यता नवीकरण र महाधिवेशन प्रतिनिधि चयनको प्रक्रियामा सहभागी हुने अवसर पनि दिइने छ ।

सामान्यतया महाधिवेशनको मिति तोकिएपछि सदस्यता नवीकरण र स्थानान्तरण बन्द हुन्छ । तर, पार्टीमा फर्किएर काम गर्न चाहनेहरूका हकमा कुनै न किसिमले सहज बनाउने निर्णय गरिने अधिकारीले बताए । उनका अनुसार, केही नेता आयोजकका रूपमा महाधिवेशनमा सहभागी हुने छन् । फर्किनेहरूलाई पार्टी छोड्दाको हैसियतभन्दा तल नपारिने नीति लिइएको एमालेस्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...